सनराइज बैंकद्धारा विभिन्न ६ वटा विद्यालयका विद्यार्थीलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले विभिन्न ६ वटा विद्यालयमा अध्ययनरत १० जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा अवस्थित छ वटा विद्यालयका विद्यार्थीलाई १० वर्षको लागि छात्रवृत्ति प्रदान गरेको हो । बैंक सञ्चालनको दश वर्ष पुगेको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरको हो [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले विभिन्न ६ वटा विद्यालयमा अध्ययनरत १० जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा अवस्थित छ वटा विद्यालयका विद्यार्थीलाई १० वर्षको लागि छात्रवृत्ति प्रदान गरेको हो ।

बैंक सञ्चालनको दश वर्ष पुगेको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरको हो ।

कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई.बच्छराज तातेड, ज्योतिकुमार बेगानी, दिपक नेपाल, ओमकृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारी, नायब महाप्रबन्धकद्घय अपछकुमार यादव, रविनकुमार नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।

Share News