सिटिजन्स बैंकद्धारा हकुना माटाटा परियोजनालाई आर्थिक सहयोग

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “साथ”नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको उक्त संस्थालाई सो मात्राको सहयोग प्रदान गरेको हो । बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “साथ”नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको उक्त संस्थालाई सो मात्राको सहयोग प्रदान गरेको हो ।

बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

बैंकले एक कार्यक्रमका बीच सो मात्राको चेक संस्थाका संचालक क्रिस्टिमा कार्कीलाई हस्तान्तरण गरेको हो । हकुना माटाटा परियोजनाले काठमाडौंमा ३० र पोखरामा १० गरी जम्मा ४० जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक कार्कीले जानकारी दिएकी छिन् ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बताएका छन् ।

Share News