काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नयाँ शोरुम बर्दियाको गुलेरियामा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको ‘बर्दिया अटो इन्टरनेशनल’ नामको शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको हो ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।
यस कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हो ।