काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि २१ गतेसम्म निष्काशन गरेको आईपीओेको बुधबार बाँडफाँड भएको छ । कुल एक लाख ८६ हजार ३८ आवेदक मध्ये २७ हजार ४८ जनाले मात्र १० कित्ता सेयर पाएका छन् । (कसले कति कित्ता पाए ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)
कुल आवेदन परेको मध्ये ३८५ जनाको आवेदन रद्द भएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
उक्त आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुगेको छ ।