काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आज(मंगबलार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १६८.५९ देखि ५०६ रुपैयाँसम्म मूल्य तोकेको छ ।
नेप्सेले सबै कम्पनीहरुलाई पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोकेको हुन्छ । साथै, जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ ।
शान्तिनगरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको हालसम्म ५ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । साथै, यस कम्पनीको स्टक सिम्बोल यूएमबी रहेको छ ।