भोडाफोन र नोकियाले चन्द्रमामा ’फोर जी’ सञ्चालनमा ल्याउने

<p>काठमाडौं । चन्द्रमामा पनि चौथो पुस्ता (फोरजी) मोवाइल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जर्मनीको भोडाफोन र नोकिया कम्पनीले संयुक्त रुपमा चन्द्रमामा फोरजी सेवा सञ्चालनमा ल्याउन जुटेका छन् । फोरजीको प्रयोग गरेर रोबोटले त्यहाँबाट प्रत्यक्ष तस्वीरहरू पठाउन सक्ने बीबीसीले जनाएको छ । बर्लिनको पीटी साइन्टिस्ट्स कम्पनीका लागि फोरजी नेटवर्क सञ्चालनमा ल्याउन लागेको हो । [&hellip;]</p>

काठमाडौं । चन्द्रमामा पनि चौथो पुस्ता (फोरजी) मोवाइल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जर्मनीको भोडाफोन र नोकिया कम्पनीले संयुक्त रुपमा चन्द्रमामा फोरजी सेवा सञ्चालनमा ल्याउन जुटेका छन् ।

फोरजीको प्रयोग गरेर रोबोटले त्यहाँबाट प्रत्यक्ष तस्वीरहरू पठाउन सक्ने बीबीसीले जनाएको छ । बर्लिनको पीटी साइन्टिस्ट्स कम्पनीका लागि फोरजी नेटवर्क सञ्चालनमा ल्याउन लागेको हो । सो कम्पनीले चन्द्रमामा निजी रोबोट पठाउने योजना बनाएको छ ।

’एपोलो ११ मिशन’ को ५० वर्ष पूरा भएको अवसर पारेर सो कम्पनीले चन्द्रमामा एउटा ’लञ्चर’ र दुईवटा रोबोट पठाउने बीबीसीले उल्लेख गरेको छ । ’एपोलो ११ मिशन’ अमेरिकी अन्तरिक्ष संस्था नासाको महत्त्वाकांक्षी योजना हो । यसअन्तर्गत सन् १९६९ मा नील आर्मस्ट्रङ्ग र एड्विन अल्ड्रिनले पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए ।

आगामी वर्ष चन्द्रमामा फोरजी नेटवर्क हुने भोडा फोनले जानकारी दिएको छ । भोडाफोनले चन्द्रमामा पहिलो फोरजी नेटवर्क स्थापना गर्ने योजना बनाइरहेको छ । यसका लागि भोडाफोनले प्राविधिक साझेदारका रूपमा नोकियालाई चयन गरेको बीबीसीले जानकारी दिएको छ । अडी कार निर्माता कम्पनीले बनाएको रोबोट पहिलो पटक निजी खर्चमा चन्द्रमामा पठाइनेछ ।
यस्तो हुने छ उपकरण

बीबीसीकाअनुसार सामान्यतया इन्टरनेट सेवाका लागि टावर राखिन्छ । तर चन्द्रमामा त्यस्तो हुनेछैन । नोकियाले फोरजीका लागि अहिलेसम्मकै सबैभन्दा हलुका ट्रान्समिशन उपकरणको निर्माण गर्नेछ।नोकियाका अनुसार उक्त उपकरण एक किलोभन्दा पनि कम तौलको हुनेछ। फोर जीका लागि १८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डको प्रयोग गरिनेछ, जुन एचडी भिडिओका लागि आवश्यक हुन्छ ।

सबैभन्दा पहिला दुईवटा रोबोटले ’बेस स्टेशन’ अर्थात् लञ्चरलाई एचडी भिडिओ पठाउनेछन् र त्यसपछि ’बेस स्टेशन’ ले उक्त भिडिओलाई पृथ्वीमा पठाउनेछ । फोरजीबाट सम्पर्क स्थापित गराउन एनालग रेडियोको तुलनामा कम ऊर्जा खपत हुनेछ। पृथ्वीदेखि चन्द्रमाको दूरी ३ लाख ५८ हजार किलोमिटर छ ।
स्रोत : बीबीसी

Share News