सलमान खानको नाममा गोर्खा बुअरीले बेचेको टिकटको पैसा फिर्ता गर्नु पर्ने, कति पैसा उठायो ? कम्पनीले जवाफ दिन मानेन

<p>काठमाडौं । नेपालीलाई रक्सी खुवाएर भारतीय अभिनेतासँग नचलाउने गोर्खा बुअरीको योजना विफल भएको छ । सँगै कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको टिकटको पैसा फिर्ता गर्नु पर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकृत केदारनाथ शर्माले कम्पनीले गैरकानुनी रुपमा कन्सर्ट राखेको आफूले जानकारी पाएको बताए । ‘हामीसँग सहमति नलिईकन कन्सर्ट राखिएको पाइएको छ । [&hellip;]</p>

काठमाडौं । नेपालीलाई रक्सी खुवाएर भारतीय अभिनेतासँग नचलाउने गोर्खा बुअरीको योजना विफल भएको छ । सँगै कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको टिकटको पैसा फिर्ता गर्नु पर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकृत केदारनाथ शर्माले कम्पनीले गैरकानुनी रुपमा कन्सर्ट राखेको आफूले जानकारी पाएको बताए ।

‘हामीसँग सहमति नलिईकन कन्सर्ट राखिएको पाइएको छ । सुर्ती र मदिराजन्य पदार्थको बिक्री, उपभोग र प्रबद्र्धन सार्वजनिक स्थलमा गर्न कानुनले निषेध गरेको छ’ शर्माले विकासन्यूजसँग भने-गोर्खा ब्रुअरीले हामीसँग समन्वय नै नगरी, सहमति नै नगरी कार्यक्रम योजना बनाएछ । सुरक्षाको थ्रेट भयो भनेर सुरक्षा निकायमा सुरक्षा माग गरिएको रहेछ । जिल्ला सुरक्षा परिषद्को बैठकमा मैले सुरक्षा दिन सकिदैन र यस्तो कार्यक्रम गर्न पनि हुन्दैन भनिदिएको छु ।’

उक्त कार्यक्रम रद्द गर्नै पर्ने र सर्वसाधारणलाई बिक्री गरिएको टिकटको पैसा फिर्ता गर्नुपर्ने उनले बताए । कम्पनीले एक बोटल वियर सित्तैमा खान दिने र सलमान खानसँग नचाउने भन्दै प्रतिव्यक्ति २० हजार रुपैयाँ दरको टिकट बिक्री गर्दै आएको छ ।

कम्पनीले महिलेसम्म सर्वसाधारणलाई कति टिकट बिक्री गर्यो र उनीहरुबाट कति रकम संकलन भन्ने जानकारी कम्पनीले दिन मानेन । कम्पनीको उच्च व्यवस्थापनमा रहेको सुरेन्द्र सिलवाल, बैभव शर्मासँग यो विषयमा सम्पर्क गर्दा उनीहरुले कुरा गर्न चाहेनन् ।

थप सामाग्री पढ्न सक्नुहुनेछ ।


मदिराको बजारीकरण गर्ने सलमान खानको कन्सर्ट स्थगित, प्रतिव्यक्ति रू २०००० मा बेचिएको टिकट के हुन्छ ?


विप्लवकाे चेतावनीपछि भारतीय मिडियाले सलमान खानलाई नेपाल नजान दिए दवाव


सलमान खानको कन्सर्ट भाड्ने विप्लवको घोषणा, अटेर गरे भयानक परिणाम


भूकम्पमा सहानुभूति समेत नदिने सलमान खान रक्सीको प्रमोशन गर्न नेपाल आउँदै, टिकटको मूल्य १० हजारसम्म

Share News