एसियन लाईफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत अर्थात ९ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै कर प्रयोजनका लागि ५० लाख ८७ हजार रुपैयाँ छुट्टाईएको एशियनले [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत अर्थात ९ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

यस्तै कर प्रयोजनका लागि ५० लाख ८७ हजार रुपैयाँ छुट्टाईएको एशियनले जनाएको छ ।
नियामक बीमा समिति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने छ ।

Share News