ताप्लेजुङमा महिन्द्राको नयाँ शोरुम, थ्री एसको सेवा दिने

<p>काठमाडौं । अग्नि ग्रुपले महिन्द्रा गाडीहरुको नयाँ आधिकारिक शोरुम ताप्लेजुङमा विस्तार गरेको छ । कम्पनीले हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित उक्त स्थानमा आधिकारिक शोरुमको उद्घाटन गरेको हो । शोरुमको उद्घाटन सभासद् बलबहादुर सम्सोहाङ्ग, श्री तपस पट्नायक (महिन्द्राका सर्भिस कन्ट्रि म्यानेजर) रामेश्वर महर्जन ( अग्नि इन्कर्पोरेटेडका कार्यकारी [&hellip;]</p>

काठमाडौं । अग्नि ग्रुपले महिन्द्रा गाडीहरुको नयाँ आधिकारिक शोरुम ताप्लेजुङमा विस्तार गरेको छ । कम्पनीले हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित उक्त स्थानमा आधिकारिक शोरुमको उद्घाटन गरेको हो ।

शोरुमको उद्घाटन सभासद् बलबहादुर सम्सोहाङ्ग, श्री तपस पट्नायक (महिन्द्राका सर्भिस कन्ट्रि म्यानेजर) रामेश्वर महर्जन ( अग्नि इन्कर्पोरेटेडका कार्यकारी अधिकृत) तथा अमित चौधरी (अग्नि इन्कर्पोरेटेडका सर्भिस हेड) ले सामुहिक रुपमा गरेका थिए । शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् ।

चाहिएको बेला सर्वसुलभ तरिकाबाट गाडी खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य हो । साथै, शोरुमको स्थापनासँगै कम्पनी र ग्राहक बीचको सम्बन्धलाई अझ बलियो बनाउने कम्पनीको विश्वास छ ।

Share News