काठमाडौं । नेपालमा विभिन्न मोडेलका गाडीहरु बेच्दै आएको स्याकर ट्रेडिङ कम्पनीले विनसम रुनाबोट भेकल्स (डब्लु आर भी) नामकाे नयाँ मोडेलको गाडी नेपाली बजारमा ल्याएको छ ।

नयाँ सार्वजनिक गरिएको गाडीमा २२५५ एमएमकोे चौडाई ३९९९ एमएम लम्बाईको टायर प्रयोग गरिएको छ । साथै गाडीको बडी जमिन सतहबाट १८८ एमएम माथी रहेको छ ।
गाडीमा एन्टिलक ब्रेकिङ सिस्टम प्रयोग गरिएको छ जसले तीब्र गतिमा पनि गाडीलाई सजिलै नियान्त्रणमा लिन सकिन्छ । गाडीमा आकर्षक देखिने सनरुफ र रेयर क्यामेरा प्रयोग गरीएको छ । ग्राहकले डिजल वा पेट्रोलबाट चल्ने गाडी छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
जुनसुकै होन्डाको स्वरुमबाट सो गाडीको बुकिङ गर्न सकिनेछ । कम्पनीले गाडीको बजार मूल्य ४१ लाख २५ हजार तोकेको छ साथै गाडीलाई फाइनान्सको सुविधाबाट पनि निकाल्न सकिनेछ ।