काठमाडौं । ईमर्जिङ्ग नेपाल लिमिटेडले धितोपत्र निष्कासन तथा कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल तथा ईमर्जिङ्ग नेपालका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात एनआईसी एसिया क्यापिटलले ईमर्जिङ्ग नेपालको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य गर्नेछ । ईमर्जिङ्ग नेपालले कर्मचारी समेत ५ लाख कित्ता साधारण शेयरहरु निष्काशन गर्दै छ ।
नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्वजनिक- निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनीले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकासमा कार्य गर्नेछ ।
एनआईसी एसिया क्यापिटलले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।