काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुपरजोनिक लिमिटेड(यूके) बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पश्चात यूनाईटेड किङडम लगायत युरोपियन मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणाली मार्फत पठाएको विप्रेषण रकम भुक्तानी गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीतथा सुपरजोनिक लिमिटेड(यूके)का निर्देशक अल्मामो फात्तिले हस्ताक्षर गरेका छन् । यस सम्झौता बमोजिम अब यूनाईटेड किङडम लगायत युरोपियन मुलुकबाट सुपरजोनिक मार्फत नेपालमा पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको सम्पूर्ण शाखा र ४,५०० भन्दा बढि सहायक प्रतिनिधिहरुबाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिने छ ।
बैंकले यस अघि कुबेतको डलरको एक्सचेन्ज लिमिटड, यू.के कोक्यासको फाईनान्सीयल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड,यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरियो, अलअन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अलदहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसँग सम्झौता गरि ती विप्रेषण कम्पनीहरुबाट बैंकिङ्ग प्रणाली मार्फत नेपाल आएको विप्रेषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरुबाट गर्दै आइरहेको छ ।
यसको अतिरिक्त स्वदेशको विभिन्न विपे्रषण कम्पनी संग सहकार्य गरि बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, जि.एम.ई. रेमिट, पृथ्वी एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, आईपे रिलायबल, बुम रेमिट, ओभरसिज रेमिट र सिजिमनि बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।
साथै, बैंकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीसँग सम्झौता गरि विप्रेषण सेवालाई विस्तार गर्दै लैजाने बताएको छ ।