हकप्रद निष्कासन गर्न प्राइम लाइफ इन्स्योरेन्सको बुक क्लोज

<p>काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासनका लागि फागुन १७ गतेदेखि बुक क्लोजन हुने भएको छ । कम्पनीले चुक्तापूँजी बढाउन १६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । नेपाल धितोपत्र बोर्डले हकप्रद निष्कासनको लागि अनुमति दिइसकेपछि प्रक्रिया अघि बढेको हो । बोर्डको अनुमति अनुसार कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले [&hellip;]</p>

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासनका लागि फागुन १७ गतेदेखि बुक क्लोजन हुने भएको छ ।

कम्पनीले चुक्तापूँजी बढाउन १६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । नेपाल धितोपत्र बोर्डले हकप्रद निष्कासनको लागि अनुमति दिइसकेपछि प्रक्रिया अघि बढेको हो ।

बोर्डको अनुमति अनुसार कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ९७ लाख ६३ हजार कित्ता हकप्रद जारी गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ ।

हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब ८६ करोढ रुपैयाँ नाघ्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ ।

Share News