काठमाडौं । सिटिजन्स म्युचअल फण्ड १ को निष्कासन तथा बिक्री बिहीबारदेखि बन्द हुने भएको छ । सीबीआईएल क्यापिटल लिमिटेडले गत माघ २ गतेदेखि १ अर्ब रुपैयाँको फण्ड निष्कासन गरेको फण्ड बिहीबार बैंकिङ समयपश्चत बन्द हुन लागेको हो ।

फण्डको अंकित मूल्य प्रति इकाई १० रुपैयाँ छ । कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला गरिएको छ ।
फण्ड निष्कासन बन्द माघ १७ गते हुने भनेपछि पुरै बिक्री नभएपछि फागुन ३ गतेसम्मलाई समय बढाइएको हो ।
बिहीबारसम्म सबै एकाई बिक्री हुने सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बताए । उनकाअनुसार लगानीकर्तालाई वार्षिक २२ प्रतिशत भन्दा बढी लाभांश दिने उनले जानकारी दिए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्धन र सीबीआइएल आयोजना व्यवस्थापक रहेको म्युचअल फण्डले आउदो ७ वर्षमा औसत २२.३ प्रतिशत लाभांश दिने भएको हो ।
म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ ।
म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ ।
फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ । इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ ।