
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेल नियुक्त भएका छन् ।
१५ वर्ष बीमा र ६ वर्ष वित्तीय अनुभव भएका पौडेल गत साता सिटिजन लाइफकाे सीईओ नियुक्त भएका हुन् । उनले यसअघि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीमा वित्त प्रमुखको जिम्मेवारी सम्हाली सकेका छन् ।