काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले २०७४ पुस मसान्त अवधीमा २४ प्रतिशतले बढाएर आफ्नो नाफा २ करोड ५८ लाख पुर्याएको हो ।
२०७३ पुस मसान्तसम्ममा भने कम्पनीको नाफा २ करोड ८ लाख मात्रै थियो । ८० करोड चुक्ता पुँजी रहेको एसियन लाइफको जगेडा कोषमा २४ करोड रुपैंयाँ रहेको छ भने जीवन बीमा कोषमा ११ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ ।
कम्पनीले एक अर्ब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । प्रति हजार ४१ देखि ८५ रुपैंयाँ सम्म बोनस दर घोषणा गरेको कम्पनीमा २ लाख ५१ हजार ६२ जना विमित रहेका छन् ।
एसियन लाइफको प्रति सेयर आम्दानी ६.४२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३१.५७ रुपैंयाँ रहेको छ ।