सामसुङ ग्यालेक्सी जे२ ४जी नेपाली बजारमा, मूल्य ११ हजार २९० रुपैयाँ मात्र

<p>काठमाडौं । नेपालमा मोबाइल बेच्दै आएको सामसुङ कम्पनीले ग्यालेक्सी जे२ ४जीको नयाँ संस्करण बजारमा ल्याएको छ । सार्वजनिक गरिएको जे २ ४जीमा ४.७ इन्चको फुल एचडी स्क्रिनको प्रयोग गरिएको छ । यस मोबाइलमा ५ मेगाफिक्सल र २ मेगाफिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । जसले कम प्रकाशमा पनि सजिलै फोटो खिच्न सक्छ । १ जीबी र्यामको [&hellip;]</p>

काठमाडौं । नेपालमा मोबाइल बेच्दै आएको सामसुङ कम्पनीले ग्यालेक्सी जे२ ४जीको नयाँ संस्करण बजारमा ल्याएको छ ।

सार्वजनिक गरिएको जे २ ४जीमा ४.७ इन्चको फुल एचडी स्क्रिनको प्रयोग गरिएको छ । यस मोबाइलमा ५ मेगाफिक्सल र २ मेगाफिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । जसले कम प्रकाशमा पनि सजिलै फोटो खिच्न सक्छ । १ जीबी र्यामको यस मोबाइलमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर प्रयोग गरिएको छ, जसले सहज ढंगबाट मल्टी टास्किङ्कको काम गर्न सक्ने कम्पनीले जनाएको छ ।

गोल्ड र कालो कलरमा उपलब्ध रहेकोे जे२ ४जी फोनको बजार मूल्य ११ हजार २ सय ९० रुपैंया रहेकाे कम्पनीले जनाएकाे छ ।

 

Share News