काठमाडौं । पुर्व सासंद रामकुमार भट्टराईले सन्तपुरमा निर्माण भैरहेको मुसहर बस्तीका लागि एक लाख एक हजार एक सय एक रुपैंयाँ सहयोग गरेका छन् । नमुना बस्ती निर्माण अभियन्ता सिताराम कट्टेल(धुर्मुस)लाई पुर्व सांसद भट्टराईले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उनले गरिबीको निरपेक्ष रेखामुनी रहेका मुसहरहरुका लागि घर बनाउने पवित्र कर्ममा सहयोग गर्न पाउँदा खुसी लागेको पनि बताए । ‘म आफैं गरिबी उन्मुलनका लागि राजनीतिक आन्दोलनमा लागेको मान्छे हु, समाजिक अभियन्ताले सुरु गरेको काममा सहयोग गर्नु आफ्नो कर्तव्य ठान्छु’, नेकपा(एमाले)का नेता समेत रहेका पुर्व सांसद भट्टराईले भने ।
उनले गत मंसिरमा चन्द्रपुर बिस्फोटनमा घाइते भएकी सरिता राई र जैविक राईको फलोअप उपचारका लागि १० हजार नगद दिएर चितवन समेत पाठएका छन् ।
बिस्फोटनमा परी खुट्टा गुमाएकी सरिता राईको परिवारका लागि घर बनाइदिने अभियानमा आफु जुटेको पनि भट्टराईले बताए । ‘सरिताको परिवारका लागि घर र हात गुमाएका जैविक र उनका भाईलाई निःशुल्क शिक्षा दिलाउने अभियानमा जुटेको छु’, भट्टराईले भने ।
उनै भट्टराईले जमानी बसेर सरिता र जैविकलाई चितवन मेडिकल कलेजबाट डिस्चार्ज गराएका थिए । उनले क्यान्टिन र खाना वापतको ५० हजार रुपैंयाँ भने आफैंले तिरिदिएका थिए ।