काठमाडौं । आइएमइ अटोमोटिभ्सले १३औं रेड बुल ढोरपाटन युएम वोमेंस भलिबल डबल लिग च्याम्पियनशिप प्रतियोगिताका बिजेतालाई ५ वटा युएम पावर म्याक्स स्कुटरको साँचो हस्तान्तरण गरेको छ । उक्त टुर्नामेन्टका बेस्ट प्लेयर, राइजिङ्ग प्लेयर, प्लेयर अफ द येअर र प्लेयर अफ द सिरिज साथै एक लकि दर्शकलाई यु एम पावर म्याक्स स्कुटर प्रदान गरिएको छ ।

बिजेताका नामावली यस प्रकार छन् :
इर्मजींग ट्यालेन्टःशर्मिला नेपाल (श्री गाउँ सपोर्ट क्लब )
प्लेयर अफ द सिरिज: निरुताथागुन्ना (त्रिभुवनआर्मी क्लब )
प्लेयर अफ द येअर: सरस्वतिचौधरी (ए पीएफ )
बेस्ट प्लेयर: प्रतिभामाली (एन डी ए )
बेस्ट फ्यानः राजकुमार घटाने (पोखरा )
बिजयी टिम आर्म्ड पुलिस फोर्स (ए पीएफ) ले १३ औं रेड बुल ढोरपाटन यु एम वोमेंस डबल लिगभलिबल टुर्नामेन्ट टाइटल शिवम न्यु डाइमण्ड एकेडेमी (एन डी ए) लाई माघ २० गते भएको फाइनल ललि म्याचमा पराजित गरि हासिल गरेको छ ।
आइएमई र युएमबीच भएकोे प्रतिष्ठित साझेदारीले देशमा विश्वस्तरीय बाइक हाँक्ने अनुभव बटुल्न चाहने बाइक सवारहरुको चाहना पुरा गर्ने एक द्भुत अवसर दिएको छ । आइएमई अटोमोटिभ्स् प्रा.लिको ध्यान बिक्रि पछिको सेवामा मुख्यत् केन्द्रित रहेको छ जस कारण हाल देश भरि आफ्नै शाखा कार्यालय, डिलर तथा अथोरैज्ड पार्ट्स नेटवर्क बाट ग्राहकलाई पार्ट्स र सर्विस सुबिधा सुचारु छ । नेपालमा हालै मात्र भित्रिएका युएमका भारतीय मोडलहरुले पनि ग्राहकहरुको राम्रो प्रतिक्रिया पाउन सफल भएका छन् ।