पल्सर डेयर भेन्चर तेस्रो संस्करण: अमित श्रेष्ठले जिते १० लाख रूपैयाँ

<p>काठमाडौं । पल्सर डेयर भेन्चरको तेस्रो संस्करणमा बेस्ट राइडरको अवार्ड अमित श्रेष्ठले जितेका छन् । नेपालमा मोटरसाइकल बेच्दै आएको एचएच बजाजले आयोजना गरेको कार्यक्रममा बेष्ट राइडर रनर अप पबिन कार्की र मस्ट पपुलर राइडर अवार्ड बिबिद थापाले जितेका हुन् । विजयी श्रेष्ठले नगद १० लाख रुपैया सहित एनएस मोटरसाइकल र सामसुङ ८ प्लस पाएका छन् [&hellip;]</p>

काठमाडौं । पल्सर डेयर भेन्चरको तेस्रो संस्करणमा बेस्ट राइडरको अवार्ड अमित श्रेष्ठले जितेका छन् । नेपालमा मोटरसाइकल बेच्दै आएको एचएच बजाजले आयोजना गरेको कार्यक्रममा बेष्ट राइडर रनर अप पबिन कार्की र मस्ट पपुलर राइडर अवार्ड बिबिद थापाले जितेका हुन् ।

विजयी श्रेष्ठले नगद १० लाख रुपैया सहित एनएस मोटरसाइकल र सामसुङ ८ प्लस पाएका छन् भने रनरअप कार्कीले ५ लाख नगद सहित पल्सर एनएस र सामसुङ ८ प्राप्त गरे । त्यसैगरी, तेस्रो स्थानमा रहेका थापाले पल्सर एनएस प्राप्त गरेका छन् ।

पुरस्कार वितरण गर्दै एचएच बजाजका निर्देशक हुलास गोल्छाले आमामी वर्षमा थप नयाँ कार्यक्रम प्रस्तुत गर्ने बताए । प्रतियोगितामा १० जनाले भाग लिएका थिए ।

Share News