जनता बैंकद्धारा निःशुल्क आँखा सिविर सम्पन्न

<p>काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले शनिबार कैलालिको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा उक्त आँखा सिविर सम्पन्न भएको हो । आँखा सिविरमा १२२४ जनाले विशेष ज्ञचिकित्सकबाट आँखा जचाएका थिए । जस मध्ये ३०० जना बिरामीलाई निःशुल्क अपरेशन सेवा दिन धनगढी नेत्रालयमा रिफर गरिएको [&hellip;]</p>

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले शनिबार कैलालिको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा उक्त आँखा सिविर सम्पन्न भएको हो ।

आँखा सिविरमा १२२४ जनाले विशेष ज्ञचिकित्सकबाट आँखा जचाएका थिए । जस मध्ये ३०० जना बिरामीलाई निःशुल्क अपरेशन सेवा दिन धनगढी नेत्रालयमा रिफर गरिएको छ ।

त्यसैगरी, उक्त सिविरमा करिव १०० बिरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने आवश्यकता अनुसारको औषधि निःशुल्क वितरण गरिएको थियो । उल्लेख्य संख्यामा जनसहभागिता रहेको आँखा सिविरमा जनता बैंकका कर्मचारी र स्थानीय प्रहरीहरु समेत गरी करिब ५० जनाले स्वयम् सेवकको भूमिकामा सिविर व्यवस्थापनमा सहयोग गरेका थिए ।

Share News