काठमाडौं। राजधानीको पर्यटकीय नगरीको रुपमा रहेको ठमेल स्थित ठहिटी चोकमा अन्तर्राष्ट्रिय स्तरको क्लासिक रक कफी क्याफे एण्ड बार सञ्चालनमा आएको छ । ग्राहकहरुलाई मनोरञ्जनात्मक वातावरणमा फरक स्वाद पस्कने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो ।
शुक्रबार राधानीमा आयोजित पत्रकार सम्मेलनमा क्याफेको सञ्चालक पान्देन रोटाले क्याफे सम्बन्धि जानकारी दिएका थिए । उनले क्याफे अमेरिकन फाइन्चाइसको अनुमति र मापदण्ड अनुसार तयार परिएको नेपालको पहिलो कफी क्याफे एण्ड बार भएको बताए ।
उनका अनुसार क्याफेमा लोकप्रिय मानिएको फाइन्चाइसको कफी लगायतका विभिन्न कन्टिनेन्टल फुड, कक्टेल, मक्टेलका साथै नेपाली लोकप्रिय परिकार ममः लगायत उपलब्ध हुनेछ । ‘विदेशी पर्यटक र स्वदेशी खाना पारखी दुवैलाई लक्षित गरी क्याफे सञ्चालनमा ल्याएका छौं,’ उनले भने ‘क्याफेको मुख्य आकर्षणका रुपमा अमेरिकी प्रविधिमा उत्पादित कफी र स्मोकिन जोज पिजा रहेको छ ।’ क्याफेमा प्रवेश गरेसँगै ग्राहकरुले अमेरिकाको क्याफेको अनुभव बटुल्ने उनको विश्वास छ ।
उनका अनुसार आफु पहिल्यैदेखि युरोपियन रक म्युजिकप्रति आकर्षित भएकोले उक्त क्याफे समेत रक कन्सर्ट लाईटिङ र मोडलिङले सुसज्जित गरिएको छ ।
अमेरिकामा अध्ययन गरेपश्चात कार्पेट उद्यम सञ्चालन गरिरहेका उनले क्याफेलाई क्रमिक रुपमा राजधानीका अन्य क्षेत्रमा समेत विस्तार गर्ने लक्ष्य राखेका छन् ।
उद्घाटनको अवसरमा विभिन्न परिकारमा ग्राहरुलाई १० प्रतिशत छुट दिइएको उनको भनाइ छ । उक्त छुट करिब ३ महिनासम्म कायम रहनेछ । सञ्चालित क्याफेको क्षमता ९० जनाको छ ।
अमेरिकाबाट विभिन्न मुलुकमा विस्तार भएको उक्त क्लासिक रक कफी क्याफे एण्ड बार हाल भारत, पाकिस्तान, दुवइ, कतार र नाइजेरिया लगायतका मुलुकमा सञ्चालनमा छ ।