मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना

<p>काठमाडौं । मर्चेण्ट बैंकर्स एसोसियसनको अध्यक्षमा ध्रुव तिमिल्सिना चयन भएका छन् । उनलाई बुधबार बसेको एसोसियसनको कार्य समिति बैठकले अध्यक्ष चयन गरेको हो । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रहेका तिमिल्सिनाले नियामक निकायसँगको समन्वयमा नेपालको मर्चेण्ट बैंकिङलाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रतिवद्धता व्यक्त गरे । ‘नियामक निकायसँगको समन्वयमा अनुशासनको दायरा भित्र रहेर नेपालको मर्चेण्ट बैंकिङ क्षेत्रलाई [&hellip;]</p>

काठमाडौं । मर्चेण्ट बैंकर्स एसोसियसनको अध्यक्षमा ध्रुव तिमिल्सिना चयन भएका छन् । उनलाई बुधबार बसेको एसोसियसनको कार्य समिति बैठकले अध्यक्ष चयन गरेको हो । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रहेका तिमिल्सिनाले नियामक निकायसँगको समन्वयमा नेपालको मर्चेण्ट बैंकिङलाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रतिवद्धता व्यक्त गरे ।

‘नियामक निकायसँगको समन्वयमा अनुशासनको दायरा भित्र रहेर नेपालको मर्चेण्ट बैंकिङ क्षेत्रलाई अन्तराष्ट्रियस्तरको बनाउन मेरो भूमिका केद्रित हुनेछ’, नव नियुक्त अध्यक्ष तिमिल्सिनाले भने । एसोसियनका अध्यक्ष प्रविण रमण पराजुलीले मर्चेण्ट बैंकिङ क्षेत्र छाडेर रिलायन्स इन्स्योरेन्सको सिइओ बन्न गएपछि अध्यक्ष पद खाली थियो । सोही पदमा कार्य समितिको बैठकले तिमिल्सिनालाई चयन गरेको हो ।

Share News