गुडविल फाइनान्सको नाफा ३ करोड ८ लाख

<p>काठमाडौं गुडविल फाइनान्सको नाफा ३ करोड ८ लाख पुगेको छ । बैंकले चालु आर्थिक बर्षको ६ महिनामा आफ्नो नाफा ११ लाखले बढाएको हो । गत आवको सोही अवधीमा कम्पनीले २ करोड ९७ लाख मात्रै नाफा कमाउन सफल भएको थियो । ८० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १४ करोड रुपैंयाँ रहेको छ । गुडविलले [&hellip;]</p>

काठमाडौं गुडविल फाइनान्सको नाफा ३ करोड ८ लाख पुगेको छ । बैंकले चालु आर्थिक बर्षको ६ महिनामा आफ्नो नाफा ११ लाखले बढाएको हो । गत आवको सोही अवधीमा कम्पनीले २ करोड ९७ लाख मात्रै नाफा कमाउन सफल भएको थियो ।

८० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १४ करोड रुपैंयाँ रहेको छ । गुडविलले ४ अर्ब ७९ करोड निक्षेप संकलन गरेर ४ अर्ब ७ करोड कर्जा लगानी गरेको छ । कम्पनीले ब्याज आम्दानी २८ करोड गरेको छ भने ब्याज खर्च २२ करोड रहेको छ । कम्पनीले २.२१ प्रतिशत खराब कर्जा रहेको कम्पनीले २४ लाख प्रोभिजन गरेको छ । कम्पनीको सिडी रेसियो ७२.७८ प्रतिशत रहेको छ ।

७.७२ रुपैँया प्रति सेयर आम्दानी रहेको कम्पनीको प्रति सेयर नेटवर्थ ११८.५९ रुपैंयाँ रहेको छ ।

Share News