एनएमबि बैंकका ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालमा विशेष छुट

<p>काठमाडौं । नेपालको उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुबिधा दिने उद्देश्यले नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत एनएमबि बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सहित अस्पतालको बिभिन्न सेवा तथा सुबिधाहरुमा दश प्रतिशत (१०%)सम्मको छुट पाउने भएका छन् । ग्राहकहरुले बैंकको एनएमबी भिसा [&hellip;]</p>

काठमाडौं । नेपालको उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुबिधा दिने उद्देश्यले नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत एनएमबि बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सहित अस्पतालको बिभिन्न सेवा तथा सुबिधाहरुमा दश प्रतिशत (१०%)सम्मको छुट पाउने भएका छन् ।

ग्राहकहरुले बैंकको एनएमबी भिसा डेबिट तथा एनएमबी क्रेडिट कार्डको प्रयोग गरि अस्पतालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचार लगायत विभिन्न सेवा तथा सुबिधाहरुमा यो विशेष छुट सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता विभिन्न खाले योजनाहरु ल्याउने गरेको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News