नबिल फाउण्डेसनद्धारा दोलखाको विद्यालयलाई कम्प्युटर वितरण

<p>काठमाडौं । नबिल बैंकद्धारा प्रवद्धित नबिल फाउण्डेसनले दोलखाको मेलुङ स्थित श्री कालिका नमुना माध्यमिक विद्यालयलाई २ थान नयाँ कम्प्युटर वितरण गरेको छ । नबिल बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सन्तोष भट्टराईले सो कम्प्युटरहरु विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामभरत तामाङलाई हस्तान्तरण गरेका छन् । सो विद्यालयमा दलित, जनजाती तथा कमजोर आर्थिक अवस्था रहेका विद्यार्थीहरु समेत अध्ययनरत छन् [&hellip;]</p>

काठमाडौं । नबिल बैंकद्धारा प्रवद्धित नबिल फाउण्डेसनले दोलखाको मेलुङ स्थित श्री कालिका नमुना माध्यमिक विद्यालयलाई २ थान नयाँ कम्प्युटर वितरण गरेको छ । नबिल बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सन्तोष भट्टराईले सो कम्प्युटरहरु विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामभरत तामाङलाई हस्तान्तरण गरेका छन् ।

सो विद्यालयमा दलित, जनजाती तथा कमजोर आर्थिक अवस्था रहेका विद्यार्थीहरु समेत अध्ययनरत छन् । नबिल फाउण्डेसनले विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान पुर्याएकोमा कालिका नमुना माध्यमिक विद्यालय परिवारले फाउण्डेसन परिवारलाई धन्यवाद प्रदान गरेको थियो ।

सो अवसरमा शाखा प्रबन्धक भट्टराईले शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिएकोमा खुसी व्यक्त गरेका छन् ।

Share News