काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नवलपरासीेको तिलौली स्थित त्रिमूर्ती प्राथमीक विद्यालयलाई २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय परासीले वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर साे विद्यालयलाई उक्त सहयोग प्रदान गरेको हो ।

कार्यक्रममा रामग्राम नगरपालीकाका मेयर नरेन्द्र गुप्ताले बैंकको यो कार्य सराहनीय भएको र यस सहयोगले अहिलेको आधुनिक युगमा, शहरमा जस्तै गाउँ गाउँमा पनि विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न विद्यालय समर्थ भएको बताएका छन् ।
उक्त कार्यक्रममा श्री त्रिमूर्ती प्राथमीक विद्यालयका प्रधानाध्यापक मस्जीद अलि अन्सारीले आफ्नो विद्यालयलाई छानेर सहयोग गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गरेका छन् ।
साथै, यस बैंकले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।