नबिल फाउण्डेसनद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

<p>काठमाडौं। नबिल बैंंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बाटुलेचौरको गोकर्णेश्वर स्थित श्री राम जानकी आधारभूत विद्यालयका कक्षा ८ सम्मका छात्र छात्राहरुलाई ब्याग तथा सिसा कलम बितरण गरेको छ । फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा सञ्चालक माधवप्रसाद रेग्मीले सरस्वती पूजाको दिन पारेर उक्त सामाग्रीहरु बितरण गरेका फाउण्डेसनले जनाएको छ । फाउण्डेसनको अनुसार वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर [&hellip;]</p>

काठमाडौं। नबिल बैंंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बाटुलेचौरको गोकर्णेश्वर स्थित श्री राम जानकी आधारभूत विद्यालयका कक्षा ८ सम्मका छात्र छात्राहरुलाई ब्याग तथा सिसा कलम बितरण गरेको छ । फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा सञ्चालक माधवप्रसाद रेग्मीले सरस्वती पूजाको दिन पारेर उक्त सामाग्रीहरु बितरण गरेका फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनको अनुसार वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालको उपस्थित रहेको थियो ।

सो अवसरमा फाउण्डेसनका अध्यक्ष अग्रवालले शिक्षा क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

 

Share News