आइएमई जनरल इन्स्योरेन्सको २४औं शाखा चावहिलमा, पुँजी बढाउन हकप्रद र बोनस दिने

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २४औं शाखा चाबहिलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले गरेका छन् । कार्यक्रममा कम्पनीका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । यस [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २४औं शाखा चाबहिलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले गरेका छन् ।

कार्यक्रममा कम्पनीका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् ।

यस शाखा सहित कम्पनीले २४ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३७ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, कम्पनीले थप १७ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने बताएकाे छ ।

उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान गरी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुयाउने बताएका छन् । त्यस पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ पुग्ने उनले बताए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरि सकेको बताएका छन् । साथै, कम्पनीले दोश्रो त्रैमासिकसम्म ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको उनले बताए ।

Share News