
काठमाडौं । नेपालमा कम्पनीको स्तर निर्धारण (रेटिङ) गर्न विदेशी साझेदारीमा नयाँ संस्था सञ्चालनमा आउने भएको छ । दुवईको डन एन्ड ब्राव स्टे्टको मुख्य स्वामित्वमा नेपाल रेटिङ एजेन्सी (एनआरए) कम्पनी सञ्चालनमा आउन लागेको हो ।
रेटिग व्यवसाय सञ्चालन गर्न धितोपत्र बोर्डले सोमबार एनआरएलाई आशयपत्र (एलओआई) दिएको छ । आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको एनआरएका नेपाली साझेदार अनलराज भट्टराईले बताए । आवश्यक पुर्वाधारको काम सकेपछि बोर्डबाट अन्तिम स्वीकृती लिएर सञ्चालनमा आउने उनले जानकारी दिए ।
एनआरएको पुँजी १० लाख डलर अर्थात १० करोड नेपाली रुपैयाँ हुने छ । दुवईको डन एन्ड ब्रावले न्युनतम ५१ र बाँकी नेपालका २८ वटै वाणिज्य बैंकलाई साझेदार बनाउने योजना रहेको भट्टराईले सुनाए । एनआरएले कम्पनीको रेटिङका अतिरित्त वित्तीय परामर्श सेवा पनि प्रदान गर्ने उनको भनाई छ ।
विदेशी साझेदारसंग छलफल गरेर लगानीको खाका टुगाउने उनले जानकारी दिए ।नेपालमा भारतीय साझेदारीमा इक्रा नेपाल र हालै केयर रेटिङ एजेन्सी सञ्चालनमा आइसकेको छ । एनआरए तेस्रो कम्पनी हुने छ ।