नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित

<p>परासी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । सिद्धार्थ जेसीज भैरहवा रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ आंै महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उक्त महाधिवेशनमा रामग्राम जेसीजको वर्ष २००९ का अध्यक्ष एवं नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बस्याल र ईटहरी जेसीजका पूर्व अध्यक्ष एवं [&hellip;]</p>

परासी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । सिद्धार्थ जेसीज भैरहवा रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ आंै महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उक्त महाधिवेशनमा रामग्राम जेसीजको वर्ष २००९ का अध्यक्ष एवं नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बस्याल र ईटहरी जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष महेश पौडेलबीच प्रतिस्पर्धा रहेको थियो । बस्यालले ६ सय ४८ मत प्राप्त गर्दै ९ मतान्तरले आफनो निकटतम प्रतिद्धन्द्धी पौडेललाई पराजित गरेका हुन् ।

करिब १ हजार ६ सय मतदाता रहेको महाधिवेशनमा सोमबार १० गते राती भएको मतदानमा १ हजार २ सय ७८ मत खसेको थियो । ईलेक्ट्रोनिक मेचिनद्धारा गराइएको मतदान नेपाल भरिका १ सय ३६ जेसीज शाखाका मतदाताहरुले मतदान गरेका थिए । भैरहवाको महेन्द्र सभागृहमा पुस ८ गते महाधिवेशनको उद्दघाट शत्र शुरु भई मंगलबार ११ गते विहान मात्र निर्वाचन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै अध्यक्ष बस्यालको नेतृत्वमा चयन भएको कार्यसमितिमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा रेश्मी सिल्पकार, पदम बहादुर सिंह, अशोक शंकर, विकास मानन्धर गरि ४ जना निर्वाचति भएका छन् भने राष्ट्रिय उपाध्यक्ष पदमा बिजय घिमिरे, बिजय गुरुङ्ग, श्यामसुन्दर पौडेल, टेकराज रेग्मी, रन्जना चापागाई, गोविन्द देवकोटा, रश्मी निरौला, अमित ढकाल, जनकराज घिमिरे, सुमित शर्मा, राजेन्द्र घिमिरे, रबिन पोख्रेल गरि १२ जना निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उक्त समितिले निर्वाचन पश्चात नव निर्वाचति अध्यक्ष र विभिन्न पदाधिकारीहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र समेत प्रदान गरिसकेको छ ।

Share News