सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जबीचकाे सहकार्यमा दुबईबाट रेमिटेन्स सेवा शुरू

<p>काठमाडाैं । दुबईको एक प्रतिष्ठित रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच सम्झौता भएको छ । यो सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान  एक्स्चेन्जका सी.ई.ओ ओसामा अल् रह्माले  हस्ताक्षर गरेका छन्। उक्त सम्झौता अन्तर्गत दुबईमा रहेका नेपालीहरुले कुनै पनि अल् फर्दान एक्स्चेन्जको ६४ भुक्तानी केन्द्रहरु [&hellip;]</p>

काठमाडाैं । दुबईको एक प्रतिष्ठित रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच सम्झौता भएको छ । यो सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान  एक्स्चेन्जका सी.ई.ओ ओसामा अल् रह्माले  हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अन्तर्गत दुबईमा रहेका नेपालीहरुले कुनै पनि अल् फर्दान एक्स्चेन्जको ६४ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्स्प्रेस मनी ट्रान्स्फरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्स्प्रेसको ५००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सक्नेछन् ।

यो सम्झौता पत्रमा दस्तखत गर्दै  ओसामा अल् रह्माले सिटी एक्स्प्रेससँग सम्झौता भएकोमा ज्यादै खुशी लागेको ब्यक्त गर्दै आगामी दिनमा नेपालमा रेमिटेन्स  पठाउन झन् सहज हुने र आउने दिनमा यो सम्बन्ध अझ मज्बुद हुँदै जाने बताएका छन्।

साथै, सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जले नेपाल बाहेक अन्य देशहरुमा पनि नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने बताएका छन् । सिटी एक्स्प्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत ११ वर्ष देखि रेमिटान्स सेवा दिँदै आइरहेको छ ।

 

Share News