प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जबीच फ्लयास रेमिट्टान्स सिस्टम शुरू

<p>काठमाडौं । प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जबीच फ्लयास रेमिट्टान्स सिस्टम शुरू गर्ने सम्झौता भएको छ । उक्त सम्झौता मार्फत युएई एक्स्चेन्जको फ्लयास रेमिट्टान्स सिस्टम मार्फत पठाएको रकम अब नेपालमा प्रभु मनी ट्रान्स्फरको ७००० भन्दा धेरै एजेन्टहरुबाट तुरुन्तै भुक्तानी लिन सकिनुको साथै नेपालमा रहेका कुनै पनि बैंकको खातामा पैसा पठाउने सुबिधा पनि प्रदान गरेको छ। साथै, [&hellip;]</p>

काठमाडौं । प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जबीच फ्लयास रेमिट्टान्स सिस्टम शुरू गर्ने सम्झौता भएको छ । उक्त सम्झौता मार्फत युएई एक्स्चेन्जको फ्लयास रेमिट्टान्स सिस्टम मार्फत पठाएको रकम अब नेपालमा प्रभु मनी ट्रान्स्फरको ७००० भन्दा धेरै एजेन्टहरुबाट तुरुन्तै भुक्तानी लिन सकिनुको साथै नेपालमा रहेका कुनै पनि बैंकको खातामा पैसा पठाउने सुबिधा पनि प्रदान गरेको छ।

साथै, पठाएको पैसामा नेपालमा कुनै पनि सर्भिस चार्ज काटिने छैन र पुरै पैसा पाउने र खातामा जम्मा हुनेछ। प्रभु मनीले खाडी मुलुकको साथै सन्सारको धेरै देशहरुबाट रेमिट्टान्स नेपाल भित्र्याउने क्रममा युएई एक्स्चेन्जको बिभिन्न देशहरुमा रहेको शाखा कार्यलयहरुबाट नेपालीले आर्जन गरेको रकमलाई अझ सजिलो र सरल तबरले तुरुन्त नेपाल पैसा पठाउनको लागी युएई एक्स्चेन्जसँग सहकार्य गरेको हाे ।

साथै नेपालीले आर्जन गरेको रकमलाई कुनै पनि समयमा तुरुन्त भुक्तनी लिन तथा बिभिन्न सेवाहरु समाबेश भएको र नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त रेमिट्टान्स कार्ड समेत पैसा पठाउन सकिनेछ। रेमिट्टान्स कार्ड मार्फत प्रभु बैंकको १२६ वटा एटिएम साथै एन्पिएन नेटवर्कको ६०० भन्दा बढी एटिएम र चाडै नै एससिटीको ८०० भन्दा बढी एटिएमबाट रकम सहजै निकाल्न सकिनेछ।

 

Share News