सानिमा इक्वीटी फण्डमा एक अर्ब २४ करोडको आवेदन, अर्काे हप्ता बाँडफाँड

<p>काठमाडौं । सानिमा इक्वीटी फण्डमा एक अर्ब २४ करोड रुपैंयाँ बराबरको आवेदन परेको छ । सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले एक अर्ब २० करोडको इक्वीटी फण्डमा एक अर्ब २४ करोडका आवेदन परेको जानकारी दिए ।उनले आगामी एक हप्ताभित्रै बाडफाँट गर्ने जानकारी पनि दिए । सानिमा क्यापिटलले एक अर्ब २० करोडको सानिमा इक्वीटी फण्ड [&hellip;]</p>

काठमाडौं । सानिमा इक्वीटी फण्डमा एक अर्ब २४ करोड रुपैंयाँ बराबरको आवेदन परेको छ । सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले एक अर्ब २० करोडको इक्वीटी फण्डमा एक अर्ब २४ करोडका आवेदन परेको जानकारी दिए ।उनले आगामी एक हप्ताभित्रै बाडफाँट गर्ने जानकारी पनि दिए ।

सानिमा क्यापिटलले एक अर्ब २० करोडको सानिमा इक्वीटी फण्ड निष्काशन गरेको थियो । १० रुपैंयाँ मूल्य अंकित ७ बर्षे फण्डको १५ प्रतिशतले हुने एक करोड ८० लाख ईकाई सानिमा बैंकका लागि सुरक्षित गरिएको थियो । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याईएको थियो । लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि अधिकतम २४ लाख ईकाईसम्म खरिद गर्न सक्ने व्यवस्था थियो ।

Share News