प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद पुस १६ देखि खुला हुदै

<p>काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आउदो पुस १६ देखि माघ २१ गतेसम्मका लागि १ कित्ता बराबर ०.३० कित्ता अनुपातमा १२ करोड ८३ लाख रुपैयाँ बराबरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ५५ करोड ५९ [&hellip;]</p>

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले आउदो पुस १६ देखि माघ २१ गतेसम्मका लागि १ कित्ता बराबर ०.३० कित्ता अनुपातमा १२ करोड ८३ लाख रुपैयाँ बराबरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ हुने छ । कम्पनीले आउदो असारसम्म चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउदै छ ।

Share News