सिनर्जी पावरको सञ्चालकमा ६ जना निर्वाचित, अध्यक्षमा विष्णुराज अधिकारी

<p>काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको संस्थापक र सर्वसाधारण समूहबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् ।  हालै सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ६ जना सञ्चालक निर्वाचन प्रक्रियाबाट निर्वाचित गरेको छ । साथै, मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितको बैठकले संस्थापक समूहको सञ्चालक विष्णुराज अधिकारीलाई [&hellip;]</p>

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको संस्थापक र सर्वसाधारण समूहबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् ।  हालै सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ६ जना सञ्चालक निर्वाचन प्रक्रियाबाट निर्वाचित गरेको छ ।

साथै, मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितको बैठकले संस्थापक समूहको सञ्चालक विष्णुराज अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । सोही बैठकले संस्थापक समूह कै सञ्चालक सुरेन्द्रबहादुर खड्कालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो ।

त्यस्तै, कम्पनीको संस्थापक समूहबाट अरुणसिंह बस्नेत र कल्याण विष्ट सञ्चालकमा निर्वाचित भएका छन् । त्यसैगरी, प्रकाश अधिकारी र गोपालप्रसाद आचार्य सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन् ।

Share News