लुम्बिनी जनरल इन्स्योरेन्सको मंसिर २९ गते बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

<p>काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको यही मंसिर २९ गते बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त बैठकका अनुसार कम्पनीको आगामी वार्षिक साधारणसभा पुस १४ गते हुँदै छ । सभाले सेयरधनीलाई १२.८२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६७ [&hellip;]</p>

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको यही मंसिर २९ गते बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो ।

उक्त बैठकका अनुसार कम्पनीको आगामी वार्षिक साधारणसभा पुस १४ गते हुँदै छ । सभाले सेयरधनीलाई १२.८२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड रुपैयाँ रहेको छ । उक्त बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९८ रुपैयाँमा किनबेच भएको थियो ।

Share News