नेसनल लाइफ इन्स्योरेन्सद्धारा ३८ लाख ५ हजारको मृत्यु दाबी भुक्तानी

<p>काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी धर्मपत्नी कौशिला वलीलाई मृत्यु दाबी बापत यही गत मंसिर १५ गते ३८ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका सिइओ भरत बस्नेतले हस्तान्तरण गरेका [&hellip;]</p>

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी धर्मपत्नी कौशिला वलीलाई मृत्यु दाबी बापत यही गत मंसिर १५ गते ३८ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका सिइओ भरत बस्नेतले हस्तान्तरण गरेका थिए ।

आरके सप्लायर्सका प्रोप्राइटर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नबहादुर वलीले यस नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा मिति २०७१ असार ३१ गते २५ लाख रुपैयाँको जीवन बिमा गरेका थिए । बिमितको निधन भएकाले कम्पनीले बिमा दाबी भुक्तानी गरेको हो ।

बिमित वलीको २०७४/०२/१६ गते निधन भएको थियो । शुक्रबार कम्पनीका नायब महाप्रबन्धक सुरेश प्रसाद खत्री सहितका उच्च अधिकारीहरु, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, लगायतको उपस्थितिमा एक कार्यक्रम गरी मृतककी धर्मपत्नी कौशिलालाई मृत्यु दाबी भुक्तानी बापत उक्त चेक हस्तान्तरण गरिएको हो । मृतक रत्नबहादुर जंगवीर वलीका छोरा हुन् ।

 

Share News