स्वावलम्बन लघुवित्तको ३१.५७ प्रतिशत लाभांश पारित

<p>काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको प्रस्तावित ३१.५७ प्रतिशत लाभांश पारित भएको छ । काठमाडौंमा सम्पन्न कम्पनीकाे १६ औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको २० प्रतिशत बोनस र ११.५७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले आ.व. २०७३/७४ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको प्रस्तावित ३१.५७ प्रतिशत लाभांश पारित भएको छ । काठमाडौंमा सम्पन्न कम्पनीकाे १६ औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको २० प्रतिशत बोनस र ११.५७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

साथै, सभाले आ.व. २०७३/७४ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा २६ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

चालु आ.व.को कात्तिक मसान्तसम्म बैंकको कर्जा रकम ८ अर्व २५ करोड रुपैयाँ पुगेको छ । बैंकको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा ४ अर्व ७० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

हाल बैंकको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साथै, यसै साधारण सभाले जारी तथा चुक्ता पूँजी ५० करोड ३१ लाख रुपैयाँ कायम गर्ने निर्णय समेत गरेको छ ।

 

Share News