अग्नि मोटो इन्कको सर्भिस सल्लाह तथा प्राविधिक कार्यक्रम सम्पन्न, १९ जनाले लिए प्रशिक्षण

<p>काठमाडौं । अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटो इन्क प्रालिको सर्भिस सल्लाह तथा प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  दुई दिनसम्म आयोजना भएको कार्यक्रममा देशभरका १९ जना प्राविधिकहरु सहभागी भएका थिए । महिन्द्र टु ह्वीलरहरुको विक्रीवितरण गर्दै आएको अग्निमोटो इन्क प्रा.लिले नेपालभरका प्राविधिकहरुलाई २ दिनसम्मको प्रशिक्षण दिएको थियोे । प्रशिक्षणमा अर्डर लिने प्रक्रिया, टुल्सहरुको जानकारी, गोस्टो स्कुटरको इन्जिन [&hellip;]</p>

काठमाडौं । अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटो इन्क प्रालिको सर्भिस सल्लाह तथा प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  दुई दिनसम्म आयोजना भएको कार्यक्रममा देशभरका १९ जना प्राविधिकहरु सहभागी भएका थिए ।

महिन्द्र टु ह्वीलरहरुको विक्रीवितरण गर्दै आएको अग्निमोटो इन्क प्रा.लिले नेपालभरका प्राविधिकहरुलाई २ दिनसम्मको प्रशिक्षण दिएको थियोे । प्रशिक्षणमा अर्डर लिने प्रक्रिया, टुल्सहरुको जानकारी, गोस्टो स्कुटरको इन्जिन सम्बन्धी जानकारी दिइएको थियो ।

त्यस्तै कम्पनीले  विभिन्न पार्टहरुको स्टकलाई कसरी व्यवस्थितगर्ने भन्ने कुरा, सर्भिसिङ्गगर्ने प्रक्रिया, कुनकुन समयमा कस्ता कस्ता पार्ट फेर्नु पर्दछ भन्ने जानकारीदेखि लिएर रिपोर्ट जेनेरेटसम्मको प्रशिक्षण दिएको थियो ।

Share News