अबदेखि ‘आइएमई पे’ मार्फत विद्युतकाे महसुल तिर्न सकिने

<p>काठमाडौं । विद्युत् महसुल वापतको रकम अबदेखि &#8216;आइएमई पे’ बाट भुक्तानी गर्न सकिने भएको छ । देश विदेशमा रहेने सबैले यस्तो सेवा मार्फत विद्युत महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको छ । नेपाल विद्युत् प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि [&hellip;]</p>

काठमाडौं । विद्युत् महसुल वापतको रकम अबदेखि ‘आइएमई पे’ बाट भुक्तानी गर्न सकिने भएको छ । देश विदेशमा रहेने सबैले यस्तो सेवा मार्फत विद्युत महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ ।

प्राधिकरणले अहिले उपत्यका भित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्तीबाट गर्न शुरु गरिसकेको छ । प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्ग गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेट मार्फत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ भने आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको छ ।

मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।

Share News