जनरल इन्स्योरेन्सले १५ दिनभित्र सेयर रकम भुक्तानी गर्न बोलायो, नबुझाए संस्थापक सेयर कायम नरहने

<p>काठमाडौं । संस्थापकले लिन कबुल गरेको रकम चुक्ता नभएपछि प्रस्तावित जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पुनः १५ दिनको समय थपेको छ । बीमा समितिबाट बीमक दर्तापत्र प्रदान गर्न आशयपत्र पाएपछि कम्पनीले गत असोज २२ गते ३५ दिनभित्र कबुल गरेको रकम भुक्तानी गर्न संस्थापक सेयरधनीलाई अनुरोध गरेको थियो । निर्धारित समयभित्र रकम भुत्तानी नगरेपछि पुनः १५ [&hellip;]</p>

काठमाडौं । संस्थापकले लिन कबुल गरेको रकम चुक्ता नभएपछि प्रस्तावित जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पुनः १५ दिनको समय थपेको छ ।

बीमा समितिबाट बीमक दर्तापत्र प्रदान गर्न आशयपत्र पाएपछि कम्पनीले गत असोज २२ गते ३५ दिनभित्र कबुल गरेको रकम भुक्तानी गर्न संस्थापक सेयरधनीलाई अनुरोध गरेको थियो । निर्धारित समयभित्र रकम भुत्तानी नगरेपछि पुनः १५ दिनको समय थप गरेको जनरल इन्स्योरेन्सले जनाएको छ ।

थपिएको १५ दिनभित्र पनि कबुल गरिएको रकम सानिमा बैंकमा जम्मा नगरे संस्थापकबाट हटाई सेयर अन्य व्यक्तिलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

Share News