एलआईसीको ब्राण्ड एम्बासडरमा विमल घर्ती मगर

<p>काठमाडौं । लाइफ इन्स्योरन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी ) ले ब्राण्ड एम्बासडरमा राष्ट्रिय फुटबल टिमका खेलाडी बिमल घर्ती मगरलाई नियुक्त गरेको छ । कम्पनीले सोमबार आयोजित कार्यक्रममा नयाँ ब्राण्ड एम्बासडर घर्ती मगरलाई लिएर बनाइएको विज्ञापन औपचारिक रुपमा सार्वजनिक गरेको छ । कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले इलाम, दमक, इटहरी, नयाँ बानेश्वर, कलङ्की, बनेपा, नुवाकोट, [&hellip;]</p>

काठमाडौं । लाइफ इन्स्योरन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी ) ले ब्राण्ड एम्बासडरमा राष्ट्रिय फुटबल टिमका खेलाडी बिमल घर्ती मगरलाई नियुक्त गरेको छ ।

कम्पनीले सोमबार आयोजित कार्यक्रममा नयाँ ब्राण्ड एम्बासडर घर्ती मगरलाई लिएर बनाइएको विज्ञापन औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले इलाम, दमक, इटहरी, नयाँ बानेश्वर, कलङ्की, बनेपा, नुवाकोट, बैतडी र पाल्पामा अनलाइन मार्फत ९ वटा शाखा कार्यलयको उद्घाटन गरेका छन् । कम्पनीको कुल ४३ शाखाहरु हुने भएका छन् ।

Share News