पर्यटन मन्त्रीले मनाए म्ह: पुजा, तस्विर सहित

<p>काठमाडौं । राजधानीको अन्नपूर्ण होटलमा  प्याभिलियन समूहले म्ह पुजा आयोजना गरेको छ । परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । प्याभिलियन समूहले आयोजना गरेको म्ह पुजा कार्यक्रममा विभिन्न मुलुकबाट राजदुत तथा प्रतिनिधीहरुको सहभागिता थियो । कार्यक्रममा पर्यटन मन्त्री जितेन्द्र नारायण देव र काठमाडौंका प्रमुख विद्या सुन्दर शाक्यको सहभागीता थियो । नेवारी भाषामा [&hellip;]</p>

काठमाडौं । राजधानीको अन्नपूर्ण होटलमा  प्याभिलियन समूहले म्ह पुजा आयोजना गरेको छ । परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ ।

प्याभिलियन समूहले आयोजना गरेको म्ह पुजा कार्यक्रममा विभिन्न मुलुकबाट राजदुत तथा प्रतिनिधीहरुको सहभागिता थियो । कार्यक्रममा पर्यटन मन्त्री जितेन्द्र नारायण देव र काठमाडौंका प्रमुख विद्या सुन्दर शाक्यको सहभागीता थियो ।

नेवारी भाषामा म्हः भनेको शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ ।

किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।

उपत्यकालगायत अन्य क्षेत्रमा बसोवास गर्ने नेवार समुदायले म्ह पुगा गर्छन् । साँझ घरमा परिवारका सबै व्यक्ति बसी म्ह पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन छ । म्ह पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ ।
घरको मूलीले सबै सदस्यलाई सगुन दिई टीका लगाई दिने गरिन्छ र पूजा सम्पन्न भइसकेपछि भोज खानुपर्ने प्रचलन रहेको छ ।

आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।




Share News