जनरल फाइनान्सको नाम परिर्वतन, वेष्ट फाइनान्स कम्पनीको नामबाट कारोबार शुरु

<p>काठमाडौं । जनरल फाइनान्सको नाम तथा लोगो परिर्वतन भएको छ । फाइनान्सले असोज २४ गते कम्पनीको नाम परिर्वतन गरि वेष्ट फाइनान्स कम्पनी लिमिटेडको नामबाट कारोबार शुरु गरेको छ । मंगलबार कम्पनीका अध्यक्ष पदमराज न्यौपानेले परिवर्तित नाम वेष्ट फाइनान्स कम्पनीबाट कारोबार शुरु गरेका हुन् । यस संस्थाको साधारणसभाले गरेको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको स्वीकृती र [&hellip;]</p>

काठमाडौं । जनरल फाइनान्सको नाम तथा लोगो परिर्वतन भएको छ । फाइनान्सले असोज २४ गते कम्पनीको नाम परिर्वतन गरि वेष्ट फाइनान्स कम्पनी लिमिटेडको नामबाट कारोबार शुरु गरेको छ ।

मंगलबार कम्पनीका अध्यक्ष पदमराज न्यौपानेले परिवर्तित नाम वेष्ट फाइनान्स कम्पनीबाट कारोबार शुरु गरेका हुन् । यस संस्थाको साधारणसभाले गरेको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनी रजिष्ट्रार कार्यालयको अनुमति पश्चात कम्पनीको नाम परिर्वतन गरिएको हो ।

हाल संस्थाको चुक्ता पूँजी २९ करोड ७५ लाख रुपैयाँ रहेको छ । १७५ प्रतिशत हकप्रद सेयर जारी पश्चात कम्पनीको पूँजी ८१ करोड ८१ लाख रुपैयाँ पुग्ने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका साथै, आवश्यक परे अन्य बैंक वित्तीय संस्थासँग मर्जर/अक्विजिसनद्धारा पूँजी वृद्धि गर्ने संस्थाले जनाएको छ ।

वेष्ट फाइनान्सको शाखा कार्यालय हाल काठमाडौंको चावहील र न्यूरोडमा छन् ।

Share News