एनबी ईन्सुरेन्सको ८० प्रतिशत हकप्रद सेयर पारित, पुँजी ९७ करोड २० लाख पुग्यो

<p>काठमाडौं । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको ८० प्रतिशत हकप्रद सेयर पारित भएको छ । उक्त सञ्चालक समितिको निणर्यलाई असोज १० गते बसेको बैंकको २०औं बार्षिक साधारणसभाले पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद सेयर पश्चात बैंकको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुगेको बैंकले [&hellip;]</p>

काठमाडौं । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको ८० प्रतिशत हकप्रद सेयर पारित भएको छ । उक्त सञ्चालक समितिको निणर्यलाई असोज १० गते बसेको बैंकको २०औं बार्षिक साधारणसभाले पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद सेयर पश्चात बैंकको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले २२ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३२ स्थानबाट बीमा सेवा प्रदान गरिरहेको छ ।

सभामा अध्यक्षले कम्पनीले चालु आबको असोज ७ गतेसम्ममा करिब १४ करोड रुपैयाँ प्रिमियम संकलन गरी लगानीमा ७३ करोड ६७ लाख रुपैयाँ पुर्याउन सफल भएको बैंकले जनाएको छ ।

Share News