नवरात्रीमापनि सुन बजार सुस्त, ४० प्रतिशतले घट्यो सुनको कारोबार

<p>काठमाडौँ । यसपाली दसैंमा सुनचाँदीको कारोबारमा कमी आएको छ । विगतको तुलनामा यसपाली सुनको कारोबारमा ४० प्रतिशतले घटेको सुन व्यवसायीले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले सामान्यतया दसैंमा दैनिक ५० किलो सम्म बिक्नुपर्ने सुन नवरात्री सुरुभएदेखि दैनिक २५ किलो मात्र सुनको कारोबार भइरहेको बताए । बढिरहेको सुनको भाउ र चुनावी माहोलले गर्दा [&hellip;]</p>

काठमाडौँ । यसपाली दसैंमा सुनचाँदीको कारोबारमा कमी आएको छ । विगतको तुलनामा यसपाली सुनको कारोबारमा ४० प्रतिशतले घटेको सुन व्यवसायीले बताएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले सामान्यतया दसैंमा दैनिक ५० किलो सम्म बिक्नुपर्ने सुन नवरात्री सुरुभएदेखि दैनिक २५ किलो मात्र सुनको कारोबार भइरहेको बताए । बढिरहेको सुनको भाउ र चुनावी माहोलले गर्दा दसैंमा सुनको कारोबार घटेको उनले बताए ।

उनले भने, ‘दसैंको मुखमा सुनको भाउ पनि बढिरहेको छ । त्यसमाथी चुनावले गर्दा मानिसहरुको सुनतर्फको आकर्षण घटेको छ ।’

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज महिनाको सुरुवात देखि उकालो लागेको सुनको भाउ तलमाथी भइरहेको छ । सोमबार सुन प्रति तोला ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

दसैँमा धेरथोर सुन तथा गरगहना जोहो गर्ने परम्परा रहेको छ । सामान्य अवस्थामा भन्दा नवरात्रीमा सुनको बढी कारोबार हुने भएपनि यसपाली कारोबारमा कमी आएको हो ।

दसैंमा लत्ताकपडा तथा खाद्यान्नमा चहलपहल बढिरहेको बेला सुनचाँदी पसलहरु भने सुनसान छन् । यसपाली दसैंमा सुन बजारमा कुनै उत्साअ नभएको शाक्यले बताए ।

तीनवर्ष अगाडीको विनाशकारी भुकम्प र नाकाबन्दीको प्रभाव सुन बजारमा परेको उनले बताए । उनले भने, ‘सुनको मूल्य उच्च हुनु, क्रय शक्ति घट्नु, बाढीजस्ता कारणले मानिसको यसप्रति आकर्षण घट्दै गइरहेको छ ।’

महासघंका अनुसार अघिल्ला वर्षमा दसैँका वेलामा दैनिक करिब ४० देखि ५० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक विभिन्न कारणले दैनिक २५ किलोको समेत कारोवार हुन सकेको छैन ।

Share News