बुम रेमिट्यान्स प्रालीको एजेन्टमा नेपाल बगंलादेश बैंक नियुक्त, बैंकका शाखाबाट रेमिट्यान्स भुक्तानी गरिने

<p>काठमाडौं । बुम रेमिट्यान्स प्रालीले नेपाल बंगलादेश बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूत्त गरेको छ ।  आइतबार बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बुम रेमिट्यान्सको [&hellip;]</p>

काठमाडौं । बुम रेमिट्यान्स प्रालीले नेपाल बंगलादेश बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूत्त गरेको छ । 

आइतबार बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट श्री प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट नायब महाप्रवन्धक श्री सुरेन्द्र भूषण श्रेष्ठले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।

आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । उनका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको उनले बताए ।

यस अवसरमा बैंकका नायब महाप्रवन्धक श्री सुरेन्द्र भूषण श्रेष्ठले बुम रेमिट्यान्ससँगको सहकार्यले बैंकको रेमिट्यान्स ब्यवसायमा थप टेवा मिल्ने धारणा ब्यक्त गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । नेपाल बंगलादेश बैंक लिमिटेडको नेपाल भरी ४७ वटा शाखाहरु र २ वटा एक्स्टेंसन रहेका छन् ।

Share News