राष्ट्र बैंकमा ३० बर्षे कार्यकाल हटाइँदै, यी हुन लाभग्राही आधा दर्जन हाई प्रोफाइल

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको सेवा अवधीमा रहेको ३० बर्षे कार्यकाल हटाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । राष्ट्र बैंक सञ्चालक समितिले गत असार १८ गते सञ्चालक रामजी रेग्मीको संयोजकत्वमा कर्मचारी सेवा नियमावली परिमार्जन एंव संसोधन सुझाव समिति गठन गरेको थियो । ३० बर्षे सेवा अवधी हटेमा आधा दर्जन हाइ प्रोफाइल सहित ३ सय [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको सेवा अवधीमा रहेको ३० बर्षे कार्यकाल हटाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । राष्ट्र बैंक सञ्चालक समितिले गत असार १८ गते सञ्चालक रामजी रेग्मीको संयोजकत्वमा कर्मचारी सेवा नियमावली परिमार्जन एंव संसोधन सुझाव समिति गठन गरेको थियो ।

३० बर्षे सेवा अवधी हटेमा आधा दर्जन हाइ प्रोफाइल सहित ३ सय कर्मचारीको जागिरे अवधी १२ बर्षसम्म बढ्नेछ । ५८ बर्षे सेवा अवधीको व्यवस्था लागु भएमा जागिरे अवधी बढ्ने हाइप्रोफाइलहरुमा केहि कार्यकारी निर्देशक र केहि सहायक निर्देशकहरु रहेका छन् । कार्यकारी निर्देशक रमेश पोखरेल, निमित्त कार्यकारी निर्देशक डा. गोपाल भट्ट, एजेन्द्र लुईटेल, बासुदेव अधिकारीले लाभ पाउनेछन् । उनीहरुको जागिरे अवधी ८ बर्षसम्म वृद्धि हुनेछ ।

त्यस्तै, निर्देशक तथा सहायक प्रवक्ता राजेन्द्र पण्डित, केशब थापा, मुकुन्द महत, निमित्त निर्देशक बलराम पौडेल, रमण नेपाल लगायतको जागिरे अवधी पनि थपिनेछ । यीनीहरुको जागिर न्युनतम ३ बर्षदेखि ८ बर्षसम्म थपिने राष्ट्र बैंक श्रोतले बतायो । राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रेग्मीको नेतृत्वमा गठन भएको समितिको सिफारिसका आधारमा सञ्चालक समितिले ३० बर्षे सेवा अवधी खारेज गरेर ५८ बर्षे उमेर हद सुरु गर्न लागेको हो ।

राष्ट्र बैंकले वित्तिय क्षेत्र सुधार कार्यक्रम लागु गरेपछि २०६२ सालदेखि ३० बर्षे सेवा अवधी कार्यान्वयनमा आएको थियो । ‘कर्मचारीको सेवा बिनियमावली परिमार्जन एंव संसोधन सुझाव समितिले दिएको रिपोर्ट अनुसारको रिपोर्ट सञ्चालक समितिमा पुगेको छ, तर सञ्चालक समितिले पारित गरिसकेको छैन’, राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सञ्चालक समितिका कम्पनी सचिव राजेन्द्र पण्डितले विकासन्युजसँग भने ।

पण्डितसहितको एउटा टोलीले शुक्रबारै अर्थ मन्त्रालय पुगेर सञ्चालक समिति सदस्य समेत रहेका अर्थ सचिव शान्तराज सुवेदीलाई ३० बर्षे सेवा अवधी हटाउने निर्णयमा मनाउने प्रयास गरेर फर्केको थियो । श्रोतका अनुसार गभर्नर, दुई जना डेपुटी गभर्नर, अर्थ सचिव शान्तराज सुवेदी र श्रीराम पौडेलले ३० बर्षे सेवा अवधी हटाउन सहमति जनाईसकेका छन् ।

३० बर्षे सेवा अवधी संसोधन नभएमा २६ जना, आगामी जेठमा ७० जना, मंसिरमा ४० जना कर्मचारीले अनिवार्य अवकास पाउने थिए ।

Share News