लुम्बिनी जनरल इन्स्योरेन्सले बोलकबोलबाट हकप्रद बिक्री गर्दे

<p>काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर प्रतिस्पर्धाबाट बिक्री गर्ने भएको छ । बिक्री नभएर बाँकी रहेको ४२ हजार ८१५ कित्ता हकप्रद सेयर बिक्रीका लागि कम्पनीले बिहीबार बोलपत्र आब्हान गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ६ गते तोकेको कम्पनीले जनाएको छ । कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म हकप्रद [&hellip;]</p>

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर प्रतिस्पर्धाबाट बिक्री गर्ने भएको छ ।

बिक्री नभएर बाँकी रहेको ४२ हजार ८१५ कित्ता हकप्रद सेयर बिक्रीका लागि कम्पनीले बिहीबार बोलपत्र आब्हान गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ६ गते तोकेको कम्पनीले जनाएको छ ।

कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म हकप्रद बिक्री खुला गर्दा बिक्री नभएपछि बोलकबोलबाट बाँकी हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले चुक्तापूँजी बढाउन हकप्रद निश्कासन गरेको हो । चालु आर्थिक वर्षभित्र कम्पनीले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ ।

Share News